Section 1
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४” रहेकोछ । (२) यो ऐन नेपालभर लागू हुनेछ र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्ने नेपालभित्र वा नेपाल बाहिर जहाँसुकै रहे बसेको व्यक्ति समेतलाई लागू हुनेछ । (३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।